.

Pages

Featured Posts

This is default featured slide 2 title

Easy to customize it, from your blogger dashboard, not needed to know the codes etc.

Ravin Sharma

Rukum Chaurjahari

This is default featured slide 4 title

Easy to customize it, from your blogger dashboard, not needed to know the codes etc.

This is default featured slide 5 title

Easy to customize it, from your blogger dashboard, not needed to know the codes etc.

Thursday, October 31, 2013

जाजरकोटको बालुवाटार ।

जाजरकोटको सदरमुकाम खलंगामा  श्याम दाईको चिया पसल भनेर नचिन्ने प्राय कमै होलान बिहानै चियाको चुस्कि सगै राजनैतिक तथा समसामयि
क गतिविधिको विस्लेशन तथा स्थानिय बिकास निर्माणका राम्रा तथा नराम्रा विषयहरुमा छलफल हुने एउटा अखडा  बनेको छ श्याम  दाइको चिया पसल, दैनिक जसो श्याम चिया पसलमा १ सय भन्दा बढि  जिल्लामा वसोवास गर्ने नागरिक समाजका विभिन्न प्रवुद्ध व्यक्तिहरु ,पेशा गत संघ संगठनका पदाधिकारीहरु , स्थानीय संचारकर्मी, राजनैतिक दलका पदाधिकारी , जिल्ला स्थित सरकारी कार्यालयका पदाधिकरीहरु दैनिक विहान एक चोटि होटलमा पुग्नै पर्ने वानि नै परिसकेका छन ,  होटलमा चिया खाए पनि पैसा तिर्ने गजवको चलन छ त्यहा , चुनावमा भोट हाले जस्तै झल्को पनि आउने गर्छ टेवलमा रहेको एउटा भाडोमा मतपेटिकाको जस्तो गरेर कटिगं गरिएको छ त्यसवाट चिया पिय पछि रकम खसाल्नु पर्ने हुन्छ ।
विहानै भालेको डाको संगै वजार खुले पछि चिया पिउने र समसामयिक विषयहरु , जिल्ला स्तर देखि केन्द्र स्तर सम्मका राजनैतिक ,सामाजिक, आर्थिक , र सु शासनका समेत गफ चल्न थाल्छन  अनि मान्छे आउने र फर्किनेक्रम शुरु हुन्छ विहानको ८ वजे तिर वहस निकै चर्किरहेको हुन्छ ,वस्ने ठाउ समेत कहिले काही नपाइन सक्छ र पनि मान्छेहरु उठेर पनि कुरा सुन्ने र आफ्नो प्रतिmक्रीया  दिने काम  शुरु गर्छन । चिया फिक्का , लेमन  र दुघको पाइने गर्छ  आ आफ्नो स्वादमा चियाका चुस्कि हरु  लिने र छलफलमा सहभागीता जनाउन स्थानिय सामाजिक संस्थाहरुका व्यक्तिहरु सहभागी भएका हुन्छन  ।
 गफ गाफले सामाजिक जनजिवनलाई  समेत सचेत वनाउने र कसले कहा के गरिरहेको छ राजनैतिक अवस्था विकास निर्माण लगाएतका विषयमा थाहा हुने पहाडि क्षेत्र विकास अभियानका अध्यक्ष प्रदिप जंग शाहले वताउनु भयो । नियमित रुपमा होटलमा पुग्ने कान्तिपुर दैनिकका पत्रकार हरिहर सिंह  राठौर पनि नियमिति नपुग्ने हो भने आफुलाई कस्तो कस्तो हुने वताउनु हुन्छ ।
निकै लामो समय देखि सदरमुकाम खलंगामा चिया पसल गद्र्धे आएका खलंगा ४ स्थित वोहरा गाउका श्याम वहादुर शाही सदरमुकाम खलंगामा रहेको जिल्ला विकास समिति अन्र्तगतको विकेन्द्रित ग्रामिण पूर्वाधार तथा जिविकोपार्जन सुधार कार्यक्रम ड्रिल्पिमा  काम गर्छन विहान र वेलुका होटलमा सघाउने र दिउसो कार्यालयमा जानु आफ्नो दैनिकी भएको वताउछन । होटलमा वस्दा जाजरकोट देखि  काठमाण्डौ सम्मका कुरा सहजै थाह हुने हुनाले पनी आफुलाइ आनन्द आउने गरेको वताए ।
 जिल्लामा निकै लामो समय देखि शिक्षण पेशामा काम गरि हाल अवकास जिवन विताइरहेका र हाल नागरिक समाज जाजरकोटको अध्यक्षको रुपमा काम गरि रहेका केशव जंग शाह पनि जाजरकोटमा श्यामको चिया पसलले आफु हरु जस्ता व्यक्तिहरुलाइ समय विताउन समेत सजिलो हुने गरको वताए  । दैनिक  ५ सय देखि १ हजार  सम्म कारोवार हुने चिया पसलमा  विहान र वेलुका समसामयिक विषवस्तुमा वहश हुने गरेको  छ ।
अन्यत्र पाइने चिया भन्दा फरक स्वादमा चिया समेत खान पाइने र जिल्लाको वारेमा समसामयिक विषय वस्तुमा समेत कुराकानी थाह हुने भएकोले पनि जाजरकोट पुगेका विभिन्न व्यक्तिहरु होटलमा पुग्ने गरेको चिया पसलका नियमिति ग्राहक रत्न राज हमालले वताए ।
श्याम पत्नि  बिजया शाहिले भनिन यााहा चिया मात्र होईन महिनावारि खाना पनि खुवाउछौ । दैनिक १६ जना ले खाना खान्छन ३५ सयको दरले १६ जना लाई खाना खुवाउदा जम्मा ५६ हजार हुन्छ, सबै खर्च घटाउदा २८ हजार नाफा खाना बाटै हुन्छ । चिया नास्ता तथा बिभिन्न संघ संस्था बाट आउने अर्डर बाट आउने नाफा तथा श्रीमान को तलव त छदै छ ।
तर कहिले काहि भने रिस उठेर आउछ  खाना खाने ग्राहक आई सकेका हुन्छन चिया खाने ग्राहक अझ गफदै हुन्छन सुकेको खुर्सानि जलाए  भगाउनु पर्छ यस्तो प्राय शनिबार  अनि सार्बजानिक बिदाको दिनमा हुने गर्छ ।
स्वतन्त्र पेशा भएको र नाफा पनि राम्रो भएको छ मेरा लागि यु के अमेरिका यहि हो भन्छन श्याम शाहि, छोरा छोरि को पढाई खर्च , आफुलाई पकेट खर्चका साथै मासिक तथा दैनिक बचत गरिराखेको छु म आफनो ब्यावसाय प्रति सन्तुस्ट छु ।


Read More »

Wednesday, October 30, 2013

चिन्ता चुनावको चटारो तिहारको ...

राति ९ बजेको समयमा टर्च बालेर ढिकिमा चामल कुट्दै स्थानिय मानकुमारि श्रेष्टको परिवार ।
यस बर्षको तिहारको रौनक जति सबै संबिधान सभा निर्वाचन २०७० ले भुलाईदियको छ । तिहार नजिकिदै छ शहर बजार शून्य जस्तै छ तर गाउा घरमा चहलपहल बढ्दो छ । नेता हरु भोट माग्न गााउ पसेका छन भने जिल्ला बाहिर बस्ने बिद्यार्थि तथा कर्मचारि हरु तिहारकै लागि गाउा फर्केका छन् । गाउाघरमा आजकल जतिबेलानि चुवावकै चर्चा चल्ने गरेको छ भने चुवाब पनि चुनौति पुर्ण हुने देखिन्छ । नेकपा– माओबादि सहितको ३३ दलिय मोर्चा चुनाव को बिरोधमा छ भने बिभिन्न ठााउहरुमा झडप पनि भैरहेका छन् । चुनावको पक्षमा रहेका दलले पनि निर्वाचन आचारसंहिता  मिचेरै आक्रामक रुपमा प्रचार प्रसार गरिरहेका छन् । जिल्ला मा कार्यरत कर्मचारि शिक्षक पत्रकार पनि (चुनावी माहोल बाट अक्षुतो रहन सकेका छैनन् ) आ आफनो ठाउा बाट राजनितिक दलको प्रचार प्रसार गरिरहेका छन । कर्मचारि , शिक्षक, पत्रकार लगयतका पेशा कर्मिका  फेसबुक वाल हरु दलका चुनावि तस्विरले रंगियका छन् ।
उता तिहार पनि नजिकिदै गर्दा गृहिणि हरु लाई भने छुटै चिन्ता छ  तिहारमा पकाईने बिभिन्न परिकार का लागि चाहिने पिठो तयार पार्न ढिकि र घट्टका प्रयोग गरिन्छ । तर ढिकि , घट्ट पर्याप्त नहुदा गृहिनि हरुलाई समस्या पर्ने गरेको छ । जाजरकोटको सदरमुकाम खलंगामा ढिकिकै लागि हान थाप हुने गरेको छ भन्नु हुन्छ खंलंगा  ३ मा रहेको एक मात्र ढिकि मालिक कल्पना खनाल । आधुनिक मिलहरुको स्थापना र सदरमुकाम  मा भएको जनसंख्या बृद्धि , धानको उत्पादनमा आएको कमिले गर्दा पनि ढिकि लोप हुदै गैरहेको छ भन्नु हुन्छ स्थानिय  कल्पना राठौर । तिहार ताका ढिकि कै आवाज निन्द्रा नै खलबलिन्छ भन्नु हुन्छ खलंगा ३ कै सुधिर खनाल । तिहार को समयमा बिहान ३ बजे देखिनै ब्यस्त हुने ढिकि राति ११ बजे सम्मै भरि भराउ हुने गरेको छ । गृहिणि हरु लाई चुनाव  भन्दा तिहारको रौनक ले छुनु स्वभाबिक नै हो । यस्तै घट्टका े समस्या पनि कम छैन सदरमुकाम मा अधुनिक मिल नहुदा १ देखि ३ घण्टा सम्मको पैदल यात्रा पछि पुगिने घट्टमा गएर पिठो पिध्न बाध्य छन् सदरमुकाम का महिला हरु खलगा क्षेत्रमा जम्मा अ‍ोटा घट्ट छन । तर तिहारको बेला बासै घट्टमा बसेर मैदा, पीठो पिस्नु पर्ने बाध्यता रहेको खलंगा ६ कि बिष्णु बिक ले बताईन ।
Read More »
 
NabinTech