क गतिविधिको विस्लेशन तथा स्थानिय बिकास निर्माणका राम्रा तथा नराम्रा विषयहरुमा छलफल हुने एउटा अखडा बनेको छ श्याम दाइको चिया पसल, दैनिक जसो श्याम चिया पसलमा १ सय भन्दा बढि जिल्लामा वसोवास गर्ने नागरिक समाजका विभिन्न प्रवुद्ध व्यक्तिहरु ,पेशा गत संघ संगठनका पदाधिकारीहरु , स्थानीय संचारकर्मी, राजनैतिक दलका पदाधिकारी , जिल्ला स्थित सरकारी कार्यालयका पदाधिकरीहरु दैनिक विहान एक चोटि होटलमा पुग्नै पर्ने वानि नै परिसकेका छन , होटलमा चिया खाए पनि पैसा तिर्ने गजवको चलन छ त्यहा , चुनावमा भोट हाले जस्तै झल्को पनि आउने गर्छ टेवलमा रहेको एउटा भाडोमा मतपेटिकाको जस्तो गरेर कटिगं गरिएको छ त्यसवाट चिया पिय पछि रकम खसाल्नु पर्ने हुन्छ ।
विहानै भालेको डाको संगै वजार खुले पछि चिया पिउने र समसामयिक विषयहरु , जिल्ला स्तर देखि केन्द्र स्तर सम्मका राजनैतिक ,सामाजिक, आर्थिक , र सु शासनका समेत गफ चल्न थाल्छन अनि मान्छे आउने र फर्किनेक्रम शुरु हुन्छ विहानको ८ वजे तिर वहस निकै चर्किरहेको हुन्छ ,वस्ने ठाउ समेत कहिले काही नपाइन सक्छ र पनि मान्छेहरु उठेर पनि कुरा सुन्ने र आफ्नो प्रतिmक्रीया दिने काम शुरु गर्छन । चिया फिक्का , लेमन र दुघको पाइने गर्छ आ आफ्नो स्वादमा चियाका चुस्कि हरु लिने र छलफलमा सहभागीता जनाउन स्थानिय सामाजिक संस्थाहरुका व्यक्तिहरु सहभागी भएका हुन्छन ।
गफ गाफले सामाजिक जनजिवनलाई समेत सचेत वनाउने र कसले कहा के गरिरहेको छ राजनैतिक अवस्था विकास निर्माण लगाएतका विषयमा थाहा हुने पहाडि क्षेत्र विकास अभियानका अध्यक्ष प्रदिप जंग शाहले वताउनु भयो । नियमित रुपमा होटलमा पुग्ने कान्तिपुर दैनिकका पत्रकार हरिहर सिंह राठौर पनि नियमिति नपुग्ने हो भने आफुलाई कस्तो कस्तो हुने वताउनु हुन्छ ।
निकै लामो समय देखि सदरमुकाम खलंगामा चिया पसल गद्र्धे आएका खलंगा ४ स्थित वोहरा गाउका श्याम वहादुर शाही सदरमुकाम खलंगामा रहेको जिल्ला विकास समिति अन्र्तगतको विकेन्द्रित ग्रामिण पूर्वाधार तथा जिविकोपार्जन सुधार कार्यक्रम ड्रिल्पिमा काम गर्छन विहान र वेलुका होटलमा सघाउने र दिउसो कार्यालयमा जानु आफ्नो दैनिकी भएको वताउछन । होटलमा वस्दा जाजरकोट देखि काठमाण्डौ सम्मका कुरा सहजै थाह हुने हुनाले पनी आफुलाइ आनन्द आउने गरेको वताए ।
जिल्लामा निकै लामो समय देखि शिक्षण पेशामा काम गरि हाल अवकास जिवन विताइरहेका र हाल नागरिक समाज जाजरकोटको अध्यक्षको रुपमा काम गरि रहेका केशव जंग शाह पनि जाजरकोटमा श्यामको चिया पसलले आफु हरु जस्ता व्यक्तिहरुलाइ समय विताउन समेत सजिलो हुने गरको वताए । दैनिक ५ सय देखि १ हजार सम्म कारोवार हुने चिया पसलमा विहान र वेलुका समसामयिक विषवस्तुमा वहश हुने गरेको छ ।
अन्यत्र पाइने चिया भन्दा फरक स्वादमा चिया समेत खान पाइने र जिल्लाको वारेमा समसामयिक विषय वस्तुमा समेत कुराकानी थाह हुने भएकोले पनि जाजरकोट पुगेका विभिन्न व्यक्तिहरु होटलमा पुग्ने गरेको चिया पसलका नियमिति ग्राहक रत्न राज हमालले वताए ।
श्याम पत्नि बिजया शाहिले भनिन यााहा चिया मात्र होईन महिनावारि खाना पनि खुवाउछौ । दैनिक १६ जना ले खाना खान्छन ३५ सयको दरले १६ जना लाई खाना खुवाउदा जम्मा ५६ हजार हुन्छ, सबै खर्च घटाउदा २८ हजार नाफा खाना बाटै हुन्छ । चिया नास्ता तथा बिभिन्न संघ संस्था बाट आउने अर्डर बाट आउने नाफा तथा श्रीमान को तलव त छदै छ ।
तर कहिले काहि भने रिस उठेर आउछ खाना खाने ग्राहक आई सकेका हुन्छन चिया खाने ग्राहक अझ गफदै हुन्छन सुकेको खुर्सानि जलाए भगाउनु पर्छ यस्तो प्राय शनिबार अनि सार्बजानिक बिदाको दिनमा हुने गर्छ ।
स्वतन्त्र पेशा भएको र नाफा पनि राम्रो भएको छ मेरा लागि यु के अमेरिका यहि हो भन्छन श्याम शाहि, छोरा छोरि को पढाई खर्च , आफुलाई पकेट खर्चका साथै मासिक तथा दैनिक बचत गरिराखेको छु म आफनो ब्यावसाय प्रति सन्तुस्ट छु ।
No comments:
Post a Comment