Pages

Wednesday, October 30, 2013

चिन्ता चुनावको चटारो तिहारको ...

राति ९ बजेको समयमा टर्च बालेर ढिकिमा चामल कुट्दै स्थानिय मानकुमारि श्रेष्टको परिवार ।
यस बर्षको तिहारको रौनक जति सबै संबिधान सभा निर्वाचन २०७० ले भुलाईदियको छ । तिहार नजिकिदै छ शहर बजार शून्य जस्तै छ तर गाउा घरमा चहलपहल बढ्दो छ । नेता हरु भोट माग्न गााउ पसेका छन भने जिल्ला बाहिर बस्ने बिद्यार्थि तथा कर्मचारि हरु तिहारकै लागि गाउा फर्केका छन् । गाउाघरमा आजकल जतिबेलानि चुवावकै चर्चा चल्ने गरेको छ भने चुवाब पनि चुनौति पुर्ण हुने देखिन्छ । नेकपा– माओबादि सहितको ३३ दलिय मोर्चा चुनाव को बिरोधमा छ भने बिभिन्न ठााउहरुमा झडप पनि भैरहेका छन् । चुनावको पक्षमा रहेका दलले पनि निर्वाचन आचारसंहिता  मिचेरै आक्रामक रुपमा प्रचार प्रसार गरिरहेका छन् । जिल्ला मा कार्यरत कर्मचारि शिक्षक पत्रकार पनि (चुनावी माहोल बाट अक्षुतो रहन सकेका छैनन् ) आ आफनो ठाउा बाट राजनितिक दलको प्रचार प्रसार गरिरहेका छन । कर्मचारि , शिक्षक, पत्रकार लगयतका पेशा कर्मिका  फेसबुक वाल हरु दलका चुनावि तस्विरले रंगियका छन् ।
उता तिहार पनि नजिकिदै गर्दा गृहिणि हरु लाई भने छुटै चिन्ता छ  तिहारमा पकाईने बिभिन्न परिकार का लागि चाहिने पिठो तयार पार्न ढिकि र घट्टका प्रयोग गरिन्छ । तर ढिकि , घट्ट पर्याप्त नहुदा गृहिनि हरुलाई समस्या पर्ने गरेको छ । जाजरकोटको सदरमुकाम खलंगामा ढिकिकै लागि हान थाप हुने गरेको छ भन्नु हुन्छ खंलंगा  ३ मा रहेको एक मात्र ढिकि मालिक कल्पना खनाल । आधुनिक मिलहरुको स्थापना र सदरमुकाम  मा भएको जनसंख्या बृद्धि , धानको उत्पादनमा आएको कमिले गर्दा पनि ढिकि लोप हुदै गैरहेको छ भन्नु हुन्छ स्थानिय  कल्पना राठौर । तिहार ताका ढिकि कै आवाज निन्द्रा नै खलबलिन्छ भन्नु हुन्छ खलंगा ३ कै सुधिर खनाल । तिहार को समयमा बिहान ३ बजे देखिनै ब्यस्त हुने ढिकि राति ११ बजे सम्मै भरि भराउ हुने गरेको छ । गृहिणि हरु लाई चुनाव  भन्दा तिहारको रौनक ले छुनु स्वभाबिक नै हो । यस्तै घट्टका े समस्या पनि कम छैन सदरमुकाम मा अधुनिक मिल नहुदा १ देखि ३ घण्टा सम्मको पैदल यात्रा पछि पुगिने घट्टमा गएर पिठो पिध्न बाध्य छन् सदरमुकाम का महिला हरु खलगा क्षेत्रमा जम्मा अ‍ोटा घट्ट छन । तर तिहारको बेला बासै घट्टमा बसेर मैदा, पीठो पिस्नु पर्ने बाध्यता रहेको खलंगा ६ कि बिष्णु बिक ले बताईन ।

No comments:

Post a Comment

 
NabinTech